नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय दोलखा
दोलखा

हाम्रो बारेमा

उत्तरमा ७१३४ मिटरको उचाइमा रहेको गौरीशङ्कर हिमालदेखि दक्षिणमा ७२३ मिटरको उचाइमा रहेको सित्तली बजार क्षेत्रको भू–व्यवस्थापन गर्ने सरकारी निकायको रुपमा रहेको दोलखा जिल्लाको एकमात्र मालपोत कार्यालय मालपोत ऐन २०३४ बमोजिम २०५४ सालमा स्थापना भएको हो । यसको कार्यक्षेत्र अन्तर्गत दुई वटा नगरपालिका र नौ वटा गाउँपालिकाहरु रहेका छन् । दोलखा जिल्लाको जग्गा जम्मा क्षे.फ. २१४२८७ हेक्टर रहेको छ । यहाँ भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती, त्रिपुरा सुन्दरी, महाङ्काल भगवती, देवलिङ्गेश्वर महादेव, हलेश्वर, गाईखुरा महादेव मन्दिर जस्ता धार्मिक स्थलहरु रहेका छन् भने नेपालको प्रमाणिक समयको आधारस्तम्भ एवम् धार्मिक आस्थाको प्रतीक गौरीशङ्कर हिमाल, रहस्य एवम् रोमाञ्चपूर्ण च्छोरोल्पा हिमताल, पहाडी क्षेत्रको अग्लो टाँकुरो मनोरम सयथुम्कायुक्त शैलुङ, चरिघ्याङ जस्ता मनोरम पर्यटकीय स्थलहरु रहेका छन् । यहाँ निजी जग्गा लगायत सरकारी, सार्वजनिक र गुठी जग्गा समेत रहेको छ । यी जग्गाहरुको व्यवस्थापन र संरक्षण गर्ने अभिभारा मालपोत कार्यालय दोलखामा रहेको छ ।

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)